ad ad

समाज


रामेछापमा घरमा आगो लागेपछि एक युवती बेपत्ता, एक हल गोरु र ४८ वटा बाख्रा पनि जले

रामेछापमा घरमा आगो लागेपछि एक युवती बेपत्ता, एक हल गोरु र ४८ वटा बाख्रा पनि जले

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार ८:३४, काठमाडौँ

जंगलको डढेलोले घर जलेपछि रामेछापमा एक युवती बेपत्ता भएकी छन्। 

बिहीबार साँझ जंगलमा लागेको डढेलो मानव बस्तिमा फैलिएपछि रामेछाप नगरपालिका-८ चौकिटारका टेकमान तामाङकी छोरी ३२ वर्षीया रमिता तामाङ बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए। 

‘उनी आगलागीमा परेको आशंका छ,’ इन्सपेक्टर गिरीले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘तर, हिजो साँझदेखि खोजी गर्दा पनि उनलाई फेला पार्न सकिएको छैन।’

नजिकैको वनबाट आएको आगोले तामाङका दुईवटा घर तथा दुईवटा गोठ जलेर नष्ट हुनुका साथै ४८ वटा बाख्रा पनि मरेका छन्। आगालागीमा ३५ हजार नगद जल्नुका साथै एक हल गोरु घाइते भएका प्रहरीले जनाएकाे छ। 

बेपत्ता युवतीका अभिभावकका अनुसार रमिता सुस्त मनस्थितिकी थिइन्। ‘उनी जंगलको डढेलो वा घरमा लागेको आगोमा परेको आशंका छ। तर, खोजी गर्दा फेला पार्न सकिएको छैन,’ इन्सपेक्टर गिरीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .