ad ad

समाज


काभ्रेमा मोटरसाइकलमा सवार २ युवकलाई टिपरले ठक्कर दियो, भागेका चालक पक्राउ

काभ्रेमा मोटरसाइकलमा सवार २ युवकलाई टिपरले ठक्कर दियो, भागेका चालक पक्राउ

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १०:५, काठमाडौँ

आइतबार बिहान काभ्रेमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवा गम्भीर घाइते भएका छन्। 

आइतबार बिहान साढे ६ बजे पाचँखाल नगरपालिका- ५ केराघारीमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बागमति प्रदेश ०१-००६ ख ३८२६ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको ग ९ प ८३८० नम्बरको मोटरसाइकलाई  ठक्कर दिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएकामध्ये मोटरसाइकल चालक काभे्रको पाँचखाल नगरपालिका- १२ घर भएका ३५ वर्षीय प्रल्हाद दनुवारको अवस्था गम्भीर छ। 

मोटरसाइकको पछाडि सवार पाँचखाल- १२ कै ३० वर्षीय राजकुमार दनुवारको अवस्था मध्मम रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। घाइते दुवैलाई प्रहरीले उपचारको लागि धुलिखेल अस्पताल लगेको छ।

दुर्घटनापछि टिपर लिएर फरार भएका चालक पाँचखाल- ६ का २६ वर्षीय प्रदिप रम्तेललाई केही समयअघि मात्रै पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .