दोलखामा मलामी सवार बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
आज बिहान साढे ८ बजे मेलुङ गाउँपालिका वडा नम्बर १ चिम्टे भन्ने ठाउँमा मलामी सवार बागमती प्रदेश ०१ ०२ च ९८१३ नम्बरका गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
दुर्घटनामा घाइते भएका १४ जनामध्ये एक जनाको अवस्था गम्भीर छ। उनलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।
बाँकी घाइतेको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ।
स्थानीय टकबहादुर कार्कीको मलामी गएर फर्किरहेका गाउँले दुर्घटनामा परेका हुन्। चालकले ब्रेक फेल हुँदा गाडी दुर्घटनामा परेको बताएका छन्।
354
Shares
प्रतिक्रिया