ad ad

समाज


चितवनमा गैँडाले आक्रमण गर्दा सर्लाही घर भएका सैनिक जवान घाइते

चितवनमा गैँडाले आक्रमण गर्दा सर्लाही घर भएका सैनिक जवान घाइते

फाइल तस्बिर


नेपालखबर
असार ६, २०८१ बिहिबार ११:६, चितवन

चितवनमा गैँडाले आक्रमण गर्दा नेपाली सेनाका एकजना जवान घाइते भएका छन्।

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको सुरुङ खोला क्षेत्रमा गैँडाले आक्रमण गर्दा सर्लाहीको लालवन्दी ननगरपालिका- १७ घर भएका २८ वर्षीय उत्सव खड्का घाइते भएका हुन्।

खड्का नेपाली सेनाको नयाँ गोरख गण कसरा ब्यारेकमा कार्यरत थिए। ब्यारेकबाट निस्केको सेनाको गस्ति टोलीलाई आज बिहान गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

बाँया हात, दाहिने कोखा र बाँया पाखुरामा चोट लागेका खड्काको अवस्था गम्भीर छ।

उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .