काभ्रेमा बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रोशी गाउँपालिका- १ सानो भुक्देउ निवासी ४० वर्षीय कमल बिक रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सोमबार साँझ पत्नी र छोरीलाई साथमै लिएर गाउँबाट घरतर्फ जाँदै गर्दा उनलाई स्थानीय सानो भुक्देउ खोलाले बगाएको हो।
आइतबार साँझ खोलाले बगाउँदा बेपत्ता भएका बिकको शव सोमबार घटनास्थलभन्दा करिब दुई किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा सोमबार बिहान उनको शव फेला परेको हो।
11.7k
Shares
प्रतिक्रिया