ad ad

समाज


पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा गाडी चल्न थाल्यो

पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा गाडी चल्न थाल्यो

फाइल तस्बिर


नेपालखबर
साउन ३०, २०८१ बुधबार १०:२२, चितवन

पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि सडकमा सवारी साधन सञ्चालनमा आएको छ। 

गएराति परेको वर्षाका कारण मुग्लिन–मौवाखोला सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै गाडी सञ्चालनमा आएका हुन्। 

मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो। कुरिनटारको सडकमा पनि विशाल ढुंगा खसेर सवारी रोकिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .