सप्तरीबाट हुण्डीको रकमसहित २ जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले ५२ लाख ८९ हजार ५ सय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ९ देउरीका ३२ वर्षीय रामबिलास साह तेली र बोदेबसाईन ७ का ५० वर्षीय मायानन्द झा रहेका छन्।
बोदेबर्साइन ५ बरर्साइनबजारका कौशल किशोर यादवको घरमा कोठा भाडामा लिएर हुण्डिको कारोबार गरिरहेको सूचनाका आधारमा सीआईबीको टोली पुगेको थियो।
कोठामा खाटमा २८ लाख ८९ हजार ५ सय र सोही कोठामा बस्ने रामबिलासको झोलामा १५ लाख र मायानन्दको झोलामा ९ लाख रुपैयाँ प्रहरीले बरामद गरेको सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए।
108
Shares
प्रतिक्रिया