कास्कीको पोखरामा नवजात शिशु फेला परेको छ।
सोमबार दिउँसो पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित नारायण सुवेदीको घरको ढोकामा अपरिचित व्यक्तिले शिशु (छोरा)छाडेर फरार भएका प्रहरीले जनाएको छ।
आफ्नो घरमा शिशु फेला परेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए। शिशु बिरामी भएको जस्तो देखिएपछि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारका लागि पठाइएको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ।
429
Shares
प्रतिक्रिया