सेती नदीको बाढीले बगाएर ल्याएको दाउरा झिक्ने क्रममा तनहुँमा आज बिहान एक जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन्।
पहिराले अवरुद्व पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
यसैवीच म्याग्दे गाउँपालिका–६ मौरीओढारमा आज बिहान पहिरो खस्दा अवरुद्व भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ।
अविरल वर्षाका कारण खसेको लेदोसहितको पहिरोले राजमार्ग अवरुद्व भएको थियो। पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरो पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ।
27
Shares
प्रतिक्रिया