कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
'घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन्,' प्रहरी प्रमुख रिमालले भने, 'जिपमा सवार तिनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन।' -रासस
6
Shares
प्रतिक्रिया