सगरमाथा क्षेत्रको भ्रमणका लागि सोलुखुम्बु पुगेका दुईजना विदेशी पर्यटकको मृत्यु भएको छ।
खुम्बु क्षेत्र पुगेका एक बेलायली र एक चिनियाँ नागरिकको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षकी एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षका वइनश्व डोङ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी इन्सपेक्टर अनिलकुमार मिश्रले जानकारी दिए। दुई दिनअघि नै उनीहरुको मृत्यु भएको हो।
‘उहाँहरुको मृत्यु लेक लागेर भएको आशंका हामीले गरेका छौँ,’ इन्सपेक्टर मिश्रले नेपालखबरसँग भने, ‘पोष्टमार्टमका लागि दुबै शव हेलिकप्टरबाट काठमाडौँ पठाएका छौँ। रिपोर्ट आउँन बाँकी छ।’
बेलायती नागरिक डायरोको मृत्यु खुम्बु पासाङ गाउँपालिका ४ मा रहेको कोरछेत हिमालियन लजमा बास बसेको बेला भएको हो। चिनियाँ नागरिक डोङको शव भने खुम्बु पासाङ गाउँपालिका ४ स्थित कोरियो भन्ने ठाउँमा फेला परेको प्रहरीले जनाएको छ।
उनको भ्रमणपछि होटल फर्किने क्रममा फागुन ३ गते बाटोमै मृत्यु भएको मिश्रले बताए।
Shares
प्रतिक्रिया