सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ।
चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल बराहक्षेत्र ५ जमटोकीमा दुर्घटनामा परेको हो।
तीव्र गतिको मोटरसाइकल सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्किँदा भोजपुरको षडानन्द १ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २३ वर्षीय रुद्र लुइँटेल घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
63
Shares
प्रतिक्रिया