आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ।
मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा रु १३ लाखभन्दा बढीको क्षति भएको छ। भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुई तले घर पूर्णरुपमा नष्ट भएको छ।
आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद रु २० हजार नष्ट छ।
15
Shares
प्रतिक्रिया