बुधबार बिहान झापाको शिवसताक्षी- ८ मा दुई सवारी आपसमा ठोक्किँदा ज्यान गुमाउने तीन जना युवकको सनाखत भएको छ।
बुधबार बिहान साढे पाँच बजे शिवसताक्षी- ८ झिलभिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरोले ठक्कर दिँदा तनि तीन युवकको मृत्यु भएको थियो।
त्यतिबेला सनाखत नभएको उनीहरुको केहीबेरअघि मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका- ४ का २५ वर्षीय मौसम राई, सोही मोटरसाइकलको पछाडी सवार कमल- ४ कै २० वर्षीय युनिस भण्डारी र १७ को सरोज रेग्मी रहेका प्रहरीले जनाएको छ।
मृतकका आफन्तले अस्पतालमा पुगेर उनीहरुको सनाखत गरेकाजिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै र एक जनाको बीएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो। सडकमा अगाडि रहेको सवारी साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।
उनीहरुको शव पोस्टमार्टमको लागि बिर्तामोडस्थित वीएण्डसी अस्तालमा राखिएको छ।
दुर्घटनापछि बोलेरो चालक झापाकै मेचीनगर-६ घर भएका ४५ वर्षीय ऋषिराज गिरीलाई हामीले पक्राउ गरेको छ।
Shares
प्रतिक्रिया