दाङमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्। गढवा–कोइलाबास सडक खण्डमा पर्ने गढवा गाउँपालिका-८ चिसापानी भन्ने ठाउँमा बुधबार दिउँसो बस पल्टिएको हो।
भारतीय सीमा क्षेत्रमा पर्ने कोइलाबासबाट लमहीतर्फ आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस बुधबार दिउँसो पौने १ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
‘घाइतेमध्ये दुई जनालाई अलि बढी चोट लागेको छ। तर उहाँहरु पनि खतरामुक्त हुनुहुन्छ,’ जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले नेपालखबरसँग भने, ‘घाइते सबैको लमही अस्पतालमा उपचार गरिएको छ। धेरैजसो घाइते उपचारपछि डिस्चार्जसमेत भइसक्नु भएको छ।’
बसका चालकले ओरालोमा ब्रेक फेल हुँदा अनियन्त्रित भएर बस पल्टिएको बयान प्रहरीलाई दिएका छन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।
1.9k
Shares
प्रतिक्रिया