ad ad

समाज


बारामा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुई युवकको मृत्यु

बारामा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुई युवकको मृत्यु

नेपालखबर
पुस ५, २०८० बिहिबार ५:३७, बारा

बाराको निजगढ नगरपालिकास्थित भमरामा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुई युवकको मृत्यु भएको छ। 

प्रहरीका अनुसार रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा९७प ९४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा बा९७प ९४४ नम्बरका मोटरसाइकल चालक बाग्मती–३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी–२ का ३४ वर्षीय चन्द्रदीप लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .