चिसो बढेपछि वीरगन्जका विद्यालय एक साताको लागि बन्द भएका छन्।
आज (२३पुस, सोमबार)देखि आगामी माघ १ गतेसम्मका लागि नगर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरिएको वीरगञ्ज महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले जानकारी दिए।
नगर शिक्षा समितिको आइतबार बसेको बैठकले एक साताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
‘केही दिनदेखि चिसो बढ्दै गइरहेको हुँदा विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस २३ गतेदेखि माघ १ गतेसम्म जाडो सबै विद्यालयमा बिदा दिइएको छ,’ शिक्षा अधिकृत राउतले जारी गरेको सूचनामा भनिएको छ, ‘हाल परीक्षा सञ्चालन भइरहेका संस्थागत विद्यालयहरको हकमा भने परीक्षा यथावत सञ्चालन गर्न अनुरोध छ,’ सूचनाम भनिएको छ।
27
Shares
प्रतिक्रिया