ad ad

समाज


वीरगन्जको कर्फ्यु १० बजेसम्मका लागि हट्यो, दिउँसो सर्वपक्षीय छलफल

वीरगन्जको कर्फ्यु १० बजेसम्मका लागि हट्यो, दिउँसो सर्वपक्षीय छलफल

नेपालखबर
फागुन ८, २०८० मंगलबार ७:३१, काठमाडौँ

स्थानीय प्रशासनले पर्साको वीरगन्जमा जारी गरेको अनिश्चितकालीन कर्फ्यु चार घण्टाको लागि हटाएको छ। 

मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मको लागि कर्फ्यु हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए। 

‘१० बजेपछि कर्फ्यु फेरि निरन्तर जारी रहन्छ,’ भुसालले नेपालखबरसँग भने, ‘दिउँसो सर्वपक्षीय छफलफल छ। त्यो छलफलपछि हामी थप कदमको विषयमा निर्णय लिनेछौँ।’

दुई धार्मिक समुदायबीचको सद्भाव भड्किने अवस्था सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ पाँच बजेदेखि वीरगन्ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। 

रौतहटमा भएको झडपको विषयलाई लिएर वीरगन्जमा पनि हिंसा भड्किन सक्ने अवस्था देखिएपछि कर्फ्यु लगाउनु परेको भुसालले बताए। 

सीडीओ भुसालले सोमबार बेलुका सूचना जारी गर्दै मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिएका छन्। १० बजेपछि भने कर्फ्यु यथावत रहने सूचनामा उल्लेख छ।

स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यु लाग्ने जनाएको छ। ती क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा र्‍याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .