सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ।
लामो समयदेखि बिरामी रहेका रायको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत राजेशकुमार झाले जानकारी दिए।
वडा सदस्य रायको ७० वर्षको उमेरमा निधन भएको हाे। उनकाे निधनप्रति गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले दुःख व्यक्त गरेका छन्।
3
Shares
प्रतिक्रिया