धनुषाको हंसपुरमा परालको थुप्रोमा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
हंसपुर नगरपालिका( १ भगवानपट्टीकी ४२ वर्षीया विन्देश्वरी कापरको आगलागीमा जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घर नजिकै रहेको आँप बगैंचामा जलेका तीनवटा परालको थुप्रोमा उनको शव फेला परेको हो।
सोमबार साँझ प्रहरी र वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएपछि जलेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। एक साताअघि पनि धनुषाको जनकपुरमा एक युवती र उनकी ८ महिनाकी छोरीको जलेको अवस्थामा शव फेला परेको थियो।
318
Shares
प्रतिक्रिया