सर्लाहीको हरिवन नगरपालिकाले नगर क्षेत्रका तीनवटा सामुदायिक विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान गरेको छ।
नगर प्रमुख कमल बुढाथोकीले हरिवन- ८ मा रहेको महादेव जनता नमूना माविमा आयोजित एक कार्यक्रममा डिजिटल स्मार्ट बोर्डको उद्घाटन गरेका छन्।
नगरपालिकाको आन्तरिक स्रोतबाट सुरुमा नगर क्षेत्रका तीनवटा माविमा एक एक थान स्मार्ट बोर्ड जडान गरिएको नगरपालिकाले जनाएको छ।
हरिवन- ८ मा रहेको महादेव जनता नमूना मावि, हरिवन- २ मा रहेको रामअवतार जनता मावि र हरिवन- १० सुखेपोखरीमा रहेको चतुर्भुजेश्वर जनता माविमा स्मार्ट बोर्ड जडान गरिएको हो।
स्मार्ट बोर्डबाट लेखेका विषयवस्तु सेभ गर्न मिल्ने हरिवन नगरपालिकाको शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईले बताए।
महादेव जनता माविका निमित्त प्रधानाध्यापक गिरीराज रानाले स्मार्टबोर्ड जडानले विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
Shares
प्रतिक्रिया