सर्लाहीको लालबन्दीका तीनजना विपन्न परिवारले पक्की घर पाएका छन्।
मधेस प्रदेश सरकारकी श्रम तथा यातायातमन्त्री बेची लुंगेलीले शनिबार एक कार्यक्रमकाबीच लालबन्दी-५ मा दुई तथा लालबन्दी- १० मा एक गरी तीनवटा नवनिर्मित भवन विपन्त परिवारलाई हस्तान्तरण गरेकी हुन्।
महेन्द्र नारायण निधी आवास कार्यक्रम अन्तर्गत पक्की भवन पाएपछि- ५ नम्बर वडाका हरि धमला र मैति देवी मोक्तान खुसी भएका छन्।
त्यसैगरी लालबन्दी- १० का गणेश बहादुर मिरिङचिङले पनि नयाँ भवन पाएका छन्। सरकारले भवन निर्माण गरिदिएपछि आफूहरुलाई ठूलो सहयोग भएको मोक्तानले बताइन्।
9
Shares
प्रतिक्रिया