त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको पक्षमा फेरि शिक्षक, विद्यार्थीहरु सडकमा उत्रिएका छन्।
नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताबाट मरनासन्न हुने गरी कुटाई खाएका चलाउनेको पक्षमा मंगलबार बिहान काठमाडौं जिल्ला अदालतअगाडि प्रदर्शन भएको हो।
प्रदर्शनका क्रममा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका नेता कार्यकर्तामाथि प्रहरीले धरपकड गरेको छ। त्यक्रममा आधा दर्जनबढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
प्रदर्शनकारीहरुले विश्वविद्यालयलाई राजनीतिक थलो बनाउन पाइँदैन, विश्वविद्यालयमा प्राज्ञिक मर्यादा कायम गर र अपराधको राजनीतिकरण गर्न पाइँदैन जस्ता प्लेकार्ड र ब्यानर बोकेका थिए।
प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालत परिसरभित्रैबाट चलाउनेलाई घिसार्दै पक्राउ गरेको थियो। अदालत परिसरमै अनसन बस्न तयार भएपछि उनलाई प्रहरीले लछारपछार गर्दै समातेर लगेको थियो।
Shares
प्रतिक्रिया