ad ad

राजनीति


शिक्षक श्रेष्ठको हत्याका दोषीलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

शिक्षक श्रेष्ठको हत्याका दोषीलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ९:३९,

राष्ट्रिय मानवअधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगको प्रदेश कार्यालय बिराटनगरले घटनाको अनुगमन गरिरहेको भन्दै घटनाका दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले सरकारसँग आग्रह गरेको छ।

‘आयोगलाई प्राप्त नेपाल कम्युनिष्ट पार्टी, मेची–कोसी ब्यूरोको प्रेस वक्तव्य अनुसार उक्त हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको देखिन्छ। व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति आयोग खेद प्रकट गर्दछ’ आयोगले बुधबार विज्ञप्ति जारी गरेर भनेको छ।

नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्नुका साथै आफ्ना राजनैतिक विचारहरु अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने तथा असहमतिहरुलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको आयोगले स्मरण गराएको छ।

‘आफ्ना विचारहरुमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोग नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गर्दछ’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वार जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’

 यो पनि : 

शिक्षक हत्या : पछाडि हात बाँधेर लगेका नकावधारीले मारेर जंगलमा छाडे

प्रधानाध्यापकको घाँटी रेटी हत्या, ९ घण्टापछि बल्ल घटनास्थल पुग्यो प्रहरी

शिक्षकको दर्दनाक हत्याको जिम्मा विप्लव समूहले लियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .