ad ad

समाज


सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको फैसला आज

सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको फैसला आज

नेपालखबर
पुस १३, २०८० शुक्रबार ८:१, काठमाडौँ

काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला आज (शुक्रबार) गर्ने तयारी गरेको छ। 

न्यायाधीश शिशरराज ढकालको इजलासले शुक्रबार जवाफी बहस पनि सकेर फैसला सुनाउने तयारी गरेको हो। 

बिहीबारदेखि प्रतिवादी सन्दीप पक्षका वकिलले बहस गरिरहेका छन्।

बिहीबार पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस नसकिएकाले त्यसलाई आज पनि निरन्तरता दिइनेछ।

त्यसपछि सन्दीपकै तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरेले पनि बहस गर्ने छन्। 

यसपछि जाहेरवाला र सरकारी वकिलले जवाफी बहस गर्नेछन्, त्यसका लागि एक घण्टाको समय तोकिएको छ। 

जवाफी बहस सकिएपछि अदालतले फैसला सुनाउनेछ। 

बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, शम्भु थापा, मुरारी सापकोटा, सविता भण्डारी बराल र रोशनी पौडेलले बहस गरेका थिए। उनीहरूले सन्दीप निर्दोष रहेको जिकिर गर्दै सफाइ दिन माग गरेका छन्। 

यो मुद्दामा आइतबारदेखि न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ भइरहेको हो। आइतबार र बुधबार जाहेरवाला र अभियोजन पक्षले बहस गरेका थिए। 

पीडितका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका न्यायाधिवक्ता सीताराम अर्याल र सहायक न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरे।

अधिवक्ताहरू मोहना अन्सारी, शान्ति रिजाल, आश्मा आचार्य, अनिता थपलिया, वरिष्ठ अधिवक्ता शशी अधिकारी, नारायाण चौलागाईं, प्रतिमा कँडेल  खरेल र लेखनाथ भट्टराईले पनि बुधबार बहस गरे। उनीहरूले बलात्कार भएको दाबी गर्दै दोषीलाई सजाय र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन्। 

२०७९ भदौ ५ गते राति सन्दीपले बलात्कार गरेको भन्दै किशोरीले जाहेरी दिएकी थिइन्। झण्डै डेढ वर्षपछि उक्त मुद्दामा फैसला हुन लागेको हो।

आज फैसला आए सन्दीपले कि सफाइ पाउँछन् कि जेल सजाय। सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ। 

किनकि पीडित किशोरीको उमेर १८ वर्षभन्दा कम (नाबालिग) भएको दाबी गर्दै सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ। तर यो मुद्दामा किशोरीको उमेरको पनि विवाद छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .