ad ad

समाज


नदीमा डुबेर १६ वर्षीया दिदी बेपत्ता, १४ वर्षीया बहिनीको उद्धार

नदीमा डुबेर १६ वर्षीया दिदी बेपत्ता, १४ वर्षीया बहिनीको उद्धार

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८१ सोमबार ५:५१, कैलाली

कैलालीमा नदीले बगाउँदा एक किशोरी बेपत्ता भएकी छन्। बेपत्ता हुने किशोरीकी बहिनीको भने स्थानीयले उद्धार गरेका छन्। स्थानीय खुटिया नदीमा डुबेर आइतबार एक किशोरी बेपत्ता भएकी प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–१४ की १६ वर्षीया जेनिशा अवस्थी नदीमा बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए।

आइतबार दिउँसे धनगढी उपमहानगरपालिका–१५ र ७ को बीचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा नुहाउँन गएको बेला जेनिशा र उनकी बहिनी १४ वर्षीया सवी अवस्थी डुबेका थिए।

सविको भने स्थानीयले उद्धार  गरेका थिए। उद्धार गरिएकी सवीको अवस्था पनि गम्भीर छ। उनको स्थानीय असप्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

बेपत्ता जेनिशाको प्रहरी, स्थानीय र आफन्तले खोजी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .