नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा अग्रता बनाउन सफल भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले भारतविरुद्ध १-० को अग्रता बनाएको छ।
नेपालका लागि खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका हुन् । उनले भारतीय किपर अगाडि सरेको अवस्थामा पाएको बललाई सदुपयोग गर्दै जाली चुमाए।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ।
फिफाले पनि मान्यता दिएको दोस्रो मैत्रीपूर्ण खेल आइतवार दशरथ रंगशालामा नै हुनेछ।
9
Shares
प्रतिक्रिया