दुई वर्ष लामो कोरोना महामारी केही ओरालो लाग्दै गर्दा नेपाली दर्शकहरुले बिहीबार दशरथ रंगशाला छिरेर खुसी हुन पाए।
नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेलमा करिब ५ हजार दर्शक महँगो दरको टिकट काटेरै पुगेका हुन्।
कोरोना महामारीले खेल गतिविधि पूरै रोकिएका बेला नेपाली दर्शक निराश थिए। तर कोरोना संकटबीच भारत छिमेकीकहाँ मैत्रीपूर्ण फुटबल खेल्न आएको हो।
प्राविधिक रुपमा राम्रो खेल पस्किरहेको नेपालले दर्शकको खुसीमा थप खुसी भर्दै पहिलो हाफमा भारतविरुद्ध गोल गर्यो।
खेलको ३७ औँ मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरेर नेपाली दर्शकलाई खुसी बनाए।
माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले दुईवटा मैत्रीपूर्ण खेल खेल्दैछन्।
15
Shares
प्रतिक्रिया