ad ad

खेल


आइपीएलको टिम खरिदमा म्यानचेष्टर युनाइटेडको चासो

आइपीएलको टिम खरिदमा म्यानचेष्टर युनाइटेडको चासो

नेपालखबर
कात्तिक ४, २०७८ बिहिबार १३:२०, काठमाडौँ

इण्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ दुई टोली थपिने भएपछि धेरैको चासो यसमा छ।

भारतको लोकप्रिय खेल क्रिकेटमा लगानी गर्नका लागि थुप्रै स्वदेशी र विदेशी कम्पनी उत्साहित छन्। आइपीएलको नयाँ दुई टिमको फ्रेन्चाइजी लिनका लागि अहिसम्म १२ कम्पनीले चासो देखाएका छन्। 

यसैमा ग्लेजर फेमिली (म्यानचेष्टर युनाइटेडका मालिक) हरुले पनि आईपीएलको हिस्सा बन्नका लागि चासो देखाइरहेका छन्। 

आइपीएलले पनि म्यानचेष्टरका मालिकले आइपीएलको हिस्सा बन्नका लागि रुची देखाएको पुष्टि गरेको छ।

श्रोतका अनुसार म्यानचेष्टरले आइपीएलका लागि रुची देखाएको कारण बीसीसीआईले डेटलाईन बढाएको हुन सक्छ, किनकी आइपीएल अब भारतमा मात्र सिमित भएन यो विश्वस्तरीय इकाई बनेको छ। भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।  

​म्यानचेष्टर युनाइटेडले आइपीएलको हिस्सा बन्नका लागि चासो देखाएपछि बीसीसीआइले टेण्डर प्रक्रियाको समय बढाएको हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। 

नयाँ फ्रेन्चाइज टिमका लागि अहिलेसम्म आइटीडब्लु, ग्रुप एम, आरपीएसजी ग्रुप, टोरेन्ट फर्मास्युटिकल्स, अरविन्दो फर्मा, ग्लेजर फेमिली, अदानी गु्रप, हिन्दुस्तान टाइम्स मिडिया, जिन्दल स्टील, सीभीसी भेन्चर क्यापिटल, कोटक ग्रुप र रोन्नी स्क्रुवालाले चासो देखाएका छन्। 

आइपीएलमा नयाँ फ्रेन्चाइज टोलीका लागि बिहिबारसम्मको समय थियो तर म्यानचेष्टर युनाइटेडले चासो देखाएपछि भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टेन्डर प्रक्रियाको समय थप गर्ने निर्णय गरेको छ। 

आइपीएलका नयाँ दुई टोली थप्ने प्रस्तावमा टोलीको सञ्चालन र स्वामित्व अधिकारका लागि ५ अक्टोबरको सुरुवाती समयलाई बढाएर १० अक्टोबर सम्म बनाएको छ।

आइपीएलको गवर्निग काउन्सिलले ३१ अगष्ट धरौटी फिर्ता नहुने टेण्डर आव्हान गरेको थियो। बीसीसीआइका सचिव जय शाहले भने, इच्छुक कम्पनीहरुको अनुरोधका कारण बीसीसीआइले टेण्डर आव्हान गर्ने समय १० अक्टोबर सम्म बढाउने निर्णय गरेको हा। 

आइटीटी इच्छुक कम्पनीहरुले भारतीय १० लाख रुपैयाँ टेण्डर शुल्क तिर्नुपर्नेछ। जुन रकम फिर्ता हुनेछैन। टेण्डरमा समावेश अन्य शर्तहरु भने लागु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .