तीन दिने भ्रमणका क्रममा गृहजिल्ला पुगेका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गरेका छन्।
सोही कार्यक्रमका लागि मन्त्री गहतरा जगत ३ मा बाँके पुगेका थिए।
उनी ४ गते बिहान नेपालगन्ज म्याराथनमा सहभागी भए। सो क्रममा केही दूरीसम्म प्रतिस्पर्धीहरुसँगै दौडेका थिए।
मन्त्री गहतराज तीन दिने जिल्ला भ्रमणमा गएका हुन्। मन्त्री नियुक्त भएलगत्तै उनले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गरेका थिए।
सोही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधीन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेको मन्त्रीको सचिवालयले जनाएको छ।
१ अर्ब २२ करोड लागत अनुमान गरिएको उक्त एकेडेमीलाई रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवासीय सुविधासहित अन्तर्राष्ट्रियस्तरमा निर्माण गरिने मन्त्री गहतराजले जानकारी दिए।
आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त एकेडेमीको पुर्वाधार निर्माणको काम तत्काल अगाडि बढाउन उनले निर्देशन दिएका छन्।
यसैबीच आफ्नो निर्वाचन क्षेत्रमा भएका विभिन्न गतिविधिको अनुगमनका लागि राप्तीपारि तथा नरैनापुर समेत पुगेका थिए। उनी सोमबार बेलुका काठमाण्डौं फर्कने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।
Shares
प्रतिक्रिया