ad ad

खेल


मछिन्द्रले एएफसी कप छनोटको खेल घरेलु मैदानमा खेल्ने

मछिन्द्रले एएफसी कप छनोटको खेल घरेलु मैदानमा खेल्ने

नेपालखबर
माघ २७, २०७८ बिहिबार ११:३९, काठमाडौँ

ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको खेल घरेलु मैदानमा खेल्ने भएको छ।

श्रीलंकाको ब्लु स्टार क्लबसँग हुने खेल चैत २२ गते दशरथ रंगशालामा खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। 

सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणको सकिँदा अंक तालिकाको शीर्ष स्थानमा रहेर मछिन्द्रले पहिलोपटक छनोट खेल्न लागेको हो।

अघिल्लो संस्करणमा पनि लिग विजेता बनेको भए पनि क्लब लाइसेन्स नभएकै कारण  उसले एएफसी कप छनोट खेल्न पाएको थिएन। 

मछिन्द्रको स्थानमा दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले छनोट खेलेको थियो। 

ब्लु स्टारलाई पराजित गरे मछिन्द्रले दोस्रो चरणमा भारतको मोहन बगानसँग चैत २९ गते खेल्नेछ। 

मोहन बगानलाई हराए मछिन्द्रले एएफसी कपको प्रारम्भिक चरणमा स्थान बनाउनेछ। 

छनोट चरण पार गरेको खण्डमा मछिन्द्रले समूह डी मा स्थान बनाउनेछ। समूह डी मा भारतको गोकुलम केरला एफसी, बंगलादेशको वसुन्धरा किंग्स र माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रियसन क्लबसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .