एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले आज (सोमबार) समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशसँग खेल्दै छ।
अघिल्लो चरण प्रवेशका लागि नेपाललाई बंगलादेशलाई जित्नैपर्ने दबाब छ।
समूह ’बी’ मा रहेको नेपाल र बंगलादेशले समान दुई खेल खेलेका छन्।
दुवै खेलमा विजयी बंगलादेश समूहको शीर्ष स्थानमा छ। नेपाल एकमा जित र एकमा हार बेहोर्दै तालिकाको तेस्रो स्थानमा छ।
खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ। ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो।
यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भाबनालाई जिवित राखेको थियो।
बंगलादेशले पहिलो खेलमा हङकङलाई ९ तथा भारतलाई ६ विकेटले पराजित गरेको थियो।
समूहको शीर्ष दुई टिमले सेमिफाईनल खेल्नेछन्।
3
Shares
प्रतिक्रिया