दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा ४ देशले मात्रै सहभागिता जनाउने भएका छन्।
राष्ट्रिय खेलकुद परिषद्ले जारी गरेको खेल तालिकाअनुसार पोखरा रंगशाला क्रिकेट मैदानमा नेपालले पहिलो खेल माल्दिभ्ससँग मंसिर १७ गते खेल्नेछ।
सागको महिला क्रिकेटमा पाकिस्तान, भारत र भुटानबाहेक बंगलादेश, श्रीलंका, माल्दिभ्स र नेपालको सहभागिता रहनेछ।
राउन्ड रोबिनका आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि समूहको शीर्ष दुईमा रहने टोलीहररू सीधै फाइनल खेल्नेछन्। यस्तो दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
सागका लागि नेपालले यसअघि नै रुबिना क्षेत्रीको कप्तानीमा टोली घोषणा गरिसकेको छ।
प्रतिक्रिया