ad ad

खेल


टी-१० क्रिकेट : पारसको टोलीसँग सन्दीपको टोलीको हार

टी-१० क्रिकेट : पारसको टोलीसँग सन्दीपको टोलीको हार

नेपालखबर
मंसिर ७, २०७६ शनिबार ३:४८,

यूएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिगको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काको टोलीले आबुधाबी राष्ट्रिय टोलीका अर्का सदस्य सन्दीप लामिछानेको टोलीलाई हराएकाे छ।

आबुधाबीस्थित शेख जायद स्टेडियममा शुक्रबार राति पारसको टिमले सन्दीपको टिम कर्नाटका टुसकेर्सलाई ३४ रनले पराजित गरेको हो।

आबुधाबीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको कर्नाटकाले १० ओभरमा ६ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो।

कर्नाटकाका लागि रायन टेन डेस्काटेले अविजित ३२ रन जोडे। यस्तै कप्तान हसिम अमलाले १८ रन जोड्दा अहमेद राजाले १३ रन जोडे।

आबुधाबीका हेडेन वाल्सले २ विकेट लिए। पारसले १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आबुधाबीले १० ओभरमा २ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो।

आबुधाबीका लुक राइटले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान मोइन अलीले ३५ रन जोड्दा वाएन म्याडसेन २० रनमा अविजित रहे। पारसको भने ब्याटिङको पालो आएन।

कर्नाटकाका नाथन रिमिङटनले १ विकेट लिए। सन्दीप यस खेलमा प्लेइङ सेटमै थिएनन्।

योसँगै दुवै नेपाली खेलाडीका टिम आबुधाबी र कर्नाटका प्लेअफमा पुग्न सकेनन्।

सुपर लिगमा पारसको टिम ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रह्यो। सन्दीपको टिम ३ अंक जोडेर पुछारमा रह्यो।

मराठा अरबियन्स शीर्ष स्थान र क्वालान्दर्स दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेका छन्। यस्तै बंगला टाइगर्स र डेकन ग्लाडीयटर्सबीच इलिमिनेटर खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .