घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल सहज समूहमा परेको छ।
साफले शनिबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, श्रीलंका र भुटान रहेको समूह बी मा रहेको छ।
समूह ए मा साविक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन्। ७ देश सहभागी च्याम्पियनसिप काठमाडौंस्थित दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ सम्म हुने तालिका छ।
च्याम्पियसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। अहिले २ समूहमा गरेर प्रशिक्षण भइरहेको छ।
साफको ५ संस्करणमध्ये नेपाल चारपटक फाइनलमा पुगेको छ। चारपटक नै नेपाल भारतसँग पराजित भएको छ।
39
Shares
प्रतिक्रिया