ad ad

खेल


नवौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम क्रिकेट छनोट मङ्गलबारदेखि

नवौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम क्रिकेट छनोट मङ्गलबारदेखि

प्रतीकात्मक तस्बिर


नेपालखबर
भदौ १४, २०७९ मंगलबार ७:४२, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता मङ्गलबारदेखि धनगढीस्थित फाप्ला खेलमैदान सुरु हुनेछ।  

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार पहिलो खेलमा कैलाली र दार्चुला भिड्दा दोस्रोमा बझाङ र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन्। भदौ १५ गते कञ्चनपुर र अछामबीच भिडन्त हुँदा दोस्रोमा बैतडी र डोटी आमनेसामने हुने भएका छन्।

भदौ १६ गते पहिलो खेलमा कैलाली र दार्चुलाबीच विजेता र बझाङ र डडेल्धुराबीच विजेता टोलीबीच भिडन्त हुनेछन्। दोस्रो खेलमा बैतडी र डोटीबीच विजेता टोलीले बाजुरासँग प्रतिस्पर्धा गर्नेछ। भदौ १७ गते कञ्चनपुर र अछामबीच विजेता टोली र १६ गते भएको खेलको विजेता टोलीबीच भिडन्त हुनेछ।  

नकआउट चरणमा गरिने छनोटको फाइनल खेल भदौ १८ गते हुने जनाइएको छ। प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन खेलाडीबाट सुदूरपश्चिमको टोली बनाइनेछ। उक्त क्रिकेट टोली नवौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनेछ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोजमा हुने तय भएको भए पनि पुरुष क्रिकेट भने यही भदौ २२ गतेदेखि काठमाडौँ गर्ने निर्णय भएको छ। नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टि ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि क्रिकेटको नयाँ मिति तय गरेको हो। 

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटबाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .