ad ad

खेल


एसिया कपमा भारतमाथि पाकिस्तानको जित

एसिया कपमा भारतमाथि पाकिस्तानको जित

नेपालखबर
भदौ २०, २०७९ सोमबार ६:३४, काठमाडौँ

एसिया कपको सुपर फोरअन्तर्गत आइतबार राति भएको खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले पराजित गरेको छ।

आइतबार यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको भारतले दिएको १८२ रनको लक्ष्य पाकिस्तानले १ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको छ। 

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले सर्वाधिक ६० रन बनाए भने केएल राहुल र रोहित शर्माले समान २८/२८ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानलाई जित दिलाउने क्रममा ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रनको पाली खेलेका थिए।

त्यस्तै मोहम्मद नवाजले ४२ रन बनाए। ४२ रनका साथै एक विकेट तथा तीनओटा क्याच लिएका नवाज प्लेयस अफ द म्याच बने। एसिया कपमा भोलि श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .