युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा तथा खेलकुद मन्त्रालयलाई दुइटा बनाउनु आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन, २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
गहतराजले युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालय बनाउन आवश्यक रहेको बताए।
अहिले राज्यकै नीतिमा पनि अन्तरविरोध भइरहेको बताउँदै उनले यसलाई समयानुकूल परिमार्जन गर्न आवश्यक भएको पनि उल्लेख गरेका छन्।
मन्त्री गहतराजले प्राकृतिक स्रोत र साधनलाई सही ढंगले सदुपयोग गर्ने नयाँ सोच ल्याउनुपर्ने आवश्यकता रहेको बताए।
उनले एकद्वार प्रणालीबाट युवाहरूलाई तालिम दिनसके ७० अर्ब रुपैयाँ केन्द्रित गर्नसक्ने आधार सरकारसँग रहेको बताए।
आगामी निर्वाचनमा युवाहरूलाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुपर्ने उनको तर्क छ।
मन्त्री गहतराजले युवा र स्वरोजगारका मुद्दालाई अघि बढाउने पार्टीहरूले नै आगामी देशको बागडोर सम्हाल्नुपर्ने बताए।
उनले देशभित्र नै स्वरोजगारको वातावरण बनाउन अहिले विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्ने बताए।
Shares
प्रतिक्रिया