एथ्लेटिको मड्रिडले एन्टोनी ग्रिजमेनलाई स्थायी करारमा सन् २०२६ सम्मको लागि अनुबन्धन गरेको छ।
दुई वर्षदेखि बार्सिलोनाबाट लोनमा रहेका ग्रिजमेनलाई क्लबले स्थायी करारमा अनुबन्धन गरेको हो।
सन् २०१९ मा बार्सिलोना आउँदा ग्रिजमेन छैटौं महँगा खेलाडी बनेका थिए।
उनी १० करोड ८० लाख पाउण्डमा बार्सिलोनामा अनुबन्धित भएका थिए।
दुई वर्षको लोनमा एथ्लेटिको मड्रिड आउनुभन्दा अगाडि उनले बार्सिलोनाका लागि १०२ खेलमा ३५ गोल गरेका थिए।
51
Shares
प्रतिक्रिया