ad ad

खेल


नवौं राष्ट्रिय खेलकुदको शुभकामना दिँदै ओलीले भने– पाेखरा आउन नपाएपनि खेल हेर्ने छु

नवौं राष्ट्रिय खेलकुदको शुभकामना दिँदै ओलीले भने– पाेखरा आउन नपाएपनि खेल हेर्ने छु

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०७९ शुक्रबार १०:४४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताको शुभकामना दिएका छन्। आजबाट गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा आफू सहभागी हुन नपाएपनि खेल हेर्ने ओलीले बताएका छन्। 

‘खेलाडी साथीहरु’ नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता सफलताको तपाईंहरु सबैलाई भब्य शुभकामना,’ ओलीले भनेका छन्, ‘पोखरा रंगशालामा आउन नपाए पनि तपाईंहरुको खेल म हेर्ने छु।’

खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आएका छन् भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा पुगिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .