ad ad

खेल


पुरुष भलिबल : सेमिफाइनल समीकरण पुरा

पुरुष भलिबल : सेमिफाइनल समीकरण पुरा

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १८:४४, काठमाडौँ

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ।

पोखरा रंगशालाको कोर्टमा मंगलवार भएको प्रतिष्पर्धा अन्तर्गत अन्तिम क्वाटरफाईनल खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर एकलाई हराउँदै अन्तिम चारमा स्थान बनाउँदा पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा भएको हो।

एकतर्फी जस्तै खेलमा गण्डकीले प्रदेश १ माथि ३–० को सहज जित निकालेको हो। पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २५–२१ ले जितेको थियो। तेस्रो सेटमा गण्डकीले २५–१३ ले जितेर अन्तिम चारमा स्थान पक्का गरेको हो। पराजित प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ।

अब गण्डकीले मंगलवार नै भएको तेस्रो क्वाटरफाईनलको बिजेता नेपाल एपीएफसँग सेमिफाइनलमा खेल्नेछ। मंगलवारको खेलमा एपिएफले लुम्बिनी प्रदेशमाथि जित निकालेको थियो।  

एपीएफले ३–१ को सेटमा जित निकालेको हो। पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २८–२६ ले जितेको थियो। तेस्रो सेट भने लुम्बिनीले २५–२३ ले जित्यो।

चौथो सेटमा एपीएफले २५–१७ ले जितेर अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो। खेलको क्रममा एपिएफका लगातार तीन खेलाडी घाइते भएपछि क्वार्टरफाइनलको खेल केही समयका लागि स्थगित भएको थियो।

खेलाडीकै विरोधपछि म्याट झिकेर खेलाइएको थियो। राष्ट्रिय प्रतियोगिता भएतापनि भलिबल चाहीँ पुरानै नेट र म्याटमा खेलाइएको छ। पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका हुन्।

बुधवार दुई सेमिफाइनल खेल हुनेछ। पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लव खेल्नेछन्। दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र नेपाल एपीएफ क्लब खेल्नेछ। प्रतियोगिताको फाइनल भने बिहीवार हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .