संयुक्त अरब इमिरेट्स (यूएई) सँगको तीन एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल आज हुँदै छ।
घरेलु मैदानमा हुने खेलमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको छ।
तीन खेलको सिरिजमा नेपाल सुखद सुरुवात गर्ने योजनमा छ। यूएईसँगको खेलमा रोहित पौडेलले कप्तानको रुपमा डेब्यु गर्नेछन्। नेपालको कीतानी रोहितले गर्दा यूएईको कमानी भने सिपी रिजवानले गर्नेछन्।
आजको खेलमा स्पिनर सन्दीप लामिछानेको अभाव खड्कन सक्छ।
आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेका दुवै टोलीले सिरिज खेल्न लागेका हुन्।
भर्खर प्रधानमन्त्री कप एक दिवसीय खेलेको नेपाली टोली लयमा छ। उता टी२० विश्वकप खेलेर फर्किएको यूएई उच्च मनोबलमा छ।
हेड टु हेड
नेपाल र यूएईबीच अहिलेसम्म ६ एक दिवसीय खेल भएको छ। ६ खेलमा नेपालले २ खेलमा जित निकाल्दा ४ खेलको नतिजा यूएईलाई सुम्पेको छ।
60
Shares
प्रतिक्रिया