मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता पुस तेस्रो साता हुने भएको छ।
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा इनरुवा नगरपालिका तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ को संयुक्त आयोजनामा प्रतियोगिता पुस १५ देखि माघ ४ गतेसम्म चल्नेछ। क्रिकेट सेन्टरले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सुनसनरीको इनरुवा मैदानमा हुने जानकारी दिएको हो।
प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रिया समेत सुरु भइसकेको प्रतियोगिताका निर्देशक विप्लव घोषले जानकारी दिए। यसपटक प्रतियोगितामा मलेसियाको राष्ट्रिय टोली आउने घोषले बताए। प्रतियोगितामा मलेसिया, ३ विभागीय टोली, ७ वटा प्रदेश र आयोजक गरी १२ टोलीले सहभागिता जनाउनेछन्। प्रतियोगितामा लिगदेखि फाइनलसम्म गरी १५ खेल सञ्चालन हुनेछन्।
करिब १ करोड २५ लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले ४ लाख ५ हजार तथा उपविजेताले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनलमा स्थान बनाउने अन्य २ टोलीले ६० हजार रुपैयाँ पाउनेछन्।
प्रतिक्रिया