ad ad

खेल


साविक विजेता पोखरा ७९ रनमै अलआउट, अनिलको घातक बलिङ

साविक विजेता पोखरा ७९ रनमै अलआउट, अनिलको घातक बलिङ

नेपालखबर
पुस ७, २०७६ सोमबार ७:३,

साविक विजेता पोखरा पल्टन पोखरामा जारी पोखरा प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा ७९ रनमै अलआउट भएको छ।

धनगढी ब्लुजका अनिल खरेलले ३ विकेटसहित उत्कृष्ट बलिङ गरेपछि पोखरा १६.२ ओभरमा अलआउट भयो। यो प्रतियोगिताको सबैभन्दा न्यून स्कोर समेत हो।

पोखराका आसिफ सेखले ३२ र विनोद भण्डारीले १२ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन। आसिफलाई अनिलले एलबीडब्लुको सिकार बनाउनुअघि २९ बलमा ४ चौका प्रहार गरे। यस्तै विनोदलाई समेत अनिलले नै बोल्ड पारे। विनोदले १५ बल खेल्दै एक चौका प्रहार गरे।

यो पनि: पारसलाई शानदार लागेको लोकेशको त्यो पारी

यो पनि: क्रिजमा जम्दै ज्ञानेन्द्र

त्यसबाहेक पोखराका कप्तान शरद भेषावकर ४ रनमा हिटविकेट भए। यस्तै कुशल भुर्तेलले ६, कुशल मल्ल र प्रथमेस डाँकेले समान २–२ रनमात्रै बनाउन सकेँ।

पोखराका अनिलले ४ ओभरमा १५ रनमात्रै खर्चिएर ३ विकेट लिए। यस्तै दीपक पुनिया, कमलसिंह ऐरी र सागर ढकालले समान २-२ विकेट लिए।

प्लेअफमा स्थान बनाउँन दुवै टिमलाई यस खेलमा जित हात पार्नै पर्ने अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .