ad ad

खेल


ए डिभिजन लिगः आर्मी र मनाङबीच पहिलो हाफ गोलरहित बराबरी

ए डिभिजन लिगः आर्मी र मनाङबीच पहिलो हाफ गोलरहित बराबरी

नेपालखबर
पुस ७, २०७६ सोमबार ७:२०,

साविक विजेता सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ।

जितका साथ लिगको सुरुवात गरेका दुवै टोलीले दशरथ रंगशालामा गोलका केही अवसर पारेर पनि खाता भने खोल्न सकेनन्। आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ ले र मनाङले एपीएफलाई २–० ले हराउँदै लिगमा विजयी सुरुवात गरेका थिए।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज नेपाल र भुटानको छात्रा यू १५ को मैत्रीपूर्ण खेल रहेकाले लिगका दुवै खेल दशरथ रंगशालामा हुनलागेको हो।

लिगको दोस्रो चरणको अन्तिम खेल नेपाल पुलिस क्लब र रुस्थान थ्री स्टार क्लबबीच दिउँसो ३ बजे सुरु हुनेछ। पुलिस र थ्री स्टार दुवैले बराबरीका साथ लिगको सुरुवात गरेका थिए। पुलिसले यति हिमालयन शेर्पा र थ्री स्टारले जावलाखेलसँग बराबरी खेलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .