कतार विश्वकप २०२२ को उपाधि जितेपछि अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीको इन्स्टाग्राममा फलोअर्स बढेका छन्।
विश्वकप जितेसँगै कप्तान लियोनल मेस्सीको सामाजिक सञ्जालको इन्स्टाग्राममा फलोअर्सको संख्या ४० करोड नाघेको छ।
विश्वकपको उपाधि जितेसँगै मेस्सीको फलोअर्स एक्कासी बढेको हो।
लियोनेल मेस्सी नाममा भेरिफाइड अकाउन्टमा मेस्सीले ९६९ पोष्ट गरेका छन् भने २ सय ८८ जनालाई फलो गरेका छन्।
फुटबल खेलाडीमा यति धेरै फलोअर्स हुने मेस्सी दोस्रो खेलाडी हुन्। मेस्सीअघि क्रिस्टियानो रोनाल्डोको फलोअर्स बढी छन्। रोनाल्डोको इन्स्टाग्राममा ५१ करोड ९० लाख फलोअर्स छन्।
168
Shares
प्रतिक्रिया