ad ad

राजनीति


शेखर समूहमा अझै कुरा मिलेन, नेता केसी भन्छन् : करिब सहमति भएको छ, एक घण्टामा निष्कर्षमा पुग्छौँ

शेखर समूहमा अझै कुरा मिलेन, नेता केसी भन्छन् : करिब सहमति भएको छ, एक घण्टामा निष्कर्षमा पुग्छौँ

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०७९ मंगलबार ११:५०, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार तय गर्न बसेको इतर समूहको बैठक मंगलबार बिहान पनि निष्कर्षविहीन भएको छ।

होटल एम्बेस्डरमा बसेको इतर समूहको बैठकमा लामो छलफल भए पनि कुरो मिल्न नसकेको हो।

यो समूहबाट दलको उम्मेदवारमा दाबी गरिरहेका नेता कोइराला र महामन्त्री गगनकुमार थापाबीच सहमति हुन नसकेको हो।

बैठकमा सहभागी एकजना नेता अर्जुननरसिंह केसीले अबको एक घण्टामा निष्कर्षमा पुग्ने बताएका छन्। 

'हामी सहमतिका साथ निष्कर्षमा पुग्छौँ। सहमतिबाट नै हाम्रो संसदीय दलको नेता तय गर्छौँ', उनले बैठकपछि भने, 'हामी एक भएर संसदीय दलको नेतामा एकजनालाई अन्तिम निष्कर्षमा पुर्‍याएर मिलाउँछौँ। एक घण्टाभित्रमै सहमति जुटाएर टुंगो लगाउँछौँ।'

केसीले सभापति शेरबहादुर देउवाविरुद्ध आफ्नो समूहबाट दुइटा उम्मेदवारी नपर्ने पनि बताए। 'करिब सहमति नै भइसकेको छ', उनले भने, 'दुवै नेताहरु एकदमै लचक हुनुहुन्छ। त्यस्तो विमत्ति केही छैन।'

बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले पनि सहमतिबाटै एकजना नेताले संसदीय दलमा उम्मेदवारी दिने बताएका छन्। 

उनका अुनसार यसबारेमा थप छलफलका लागि अहिले सिंहदरबार अगाडिको बसेर होटलमा नेताहरु जुट्ने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .