ad ad

खेल


मुस्तफाको अलराउण्ड प्रदर्शन मद्दतमा चितवन पीपीएलको फाइनलमा

मुस्तफाको अलराउण्ड प्रदर्शन मद्दतमा चितवन पीपीएलको फाइनलमा

नेपालखबर
पुस ८, २०७६ मंगलबार ९:८,

रोहन मुस्तफाको अलराउण्ड प्रदर्शन मद्दतमा काठमाडौं गोल्डेन्स वारियर्शलाई ६० रनले पराजित गर्दै चितवन राइनोज पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ।

लिग चरणको अन्तिम खेलमा बुधबार काठमाडौंलाई पराजित गरेपछि अपराजित रहँदै शीर्षस्थानमा रहेको पारस खड्का नेतृत्वको चितवन फाइनल प्रवेश गरेको हो।

पोखरा रंगशालामा चितवनले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रनमा समेटियो।

काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले ४० रन जोडे। ३९ बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे। यस्तै पवन सर्राफले २७ र पृथु बास्कोटाले १८ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

चितवनका सन्नी पटेलले ३ विकेट लिए। यस्तै रोहन मुस्तफाले २ विकेट लिए। रोहनले ४ ओभरमा १ ओभर मेडन राख्दै १२ रनमात्रै खर्चे।

त्यसअघि बाबर हायात र रोहन मुस्तफाले अर्धशतकीय पारी खेलेपछि टस हारेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो।

बाबर र रोहनले दोस्रो विकेटका लागि कीर्तिमानी १ सय १९ रनको साझेदारी गरेपछि चितवन सो स्कोरमा पुगेको हो।

करण केसीलाई पहिलो विकेटका रुपमा १ रनमै गुमाएपछि चितवनको पारी बाबर र रोहनले अघि बढाएका थिए। बाबरले ७० रनको पारी खेले। ४७ बलमा उनले ३ चौका र ६ छक्का प्रहार गरे।

यस्तै रोहनले ५९ रन जोडे। ५२ बलमा उनले ६ चौका र १ छक्का हिर्काए। आरिफ सेखले ९ बलमा १ छक्कासहित १५ रन जोडे।

काठमाडौंका अमरसिंह रौटेला, बसन्त रेग्मी र सुशान भारीले १–१ विकेट लिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .