ad ad

खेल


लाखौं डलरको प्रस्ताव त्याग्दै मोड्रिचले गरे रियलमै रहने घोषणा

लाखौं डलरको प्रस्ताव त्याग्दै मोड्रिचले गरे रियलमै रहने घोषणा

नेपालखबर
पुस १८, २०७९ सोमबार १०:८, काठमाडौँ

हालै मात्र पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा आबद्ध भए।

यो क्लबले भित्र्याउन खोजेको खेलाडी भने उनी मात्र होइनन्। अल नासर क्लबलाई विश्वको सबैभन्दा धेरै मानिसको चासो हुने क्लब बनाउने ध्याउन्नमा छ।

अहिले अल नासर क्लबका अध्यक्ष र नेतृत्व टोली स्पेनको मड्रिडमा छ। उनीहरु क्लबको भविष्यको लागि नयाँ स्टारको खोजी गरिरहेका छन्।

उनीहरु टोलीलाई थप मजबुत कसरी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेका छन्। मार्काका अनुसार अहिले उनीहरुले सर्जिओ रामोसलाई पनि टोलीमा अनुबन्धन गर्ने विषयमा छलफल गरिरहेका छन्। यसअघि उनीहरुले रियल मड्रिडका लुका मोड्रिचलाई पनि अनुबन्धनको प्रस्ताव गरेका थिए। 

क्रोएसियाका यी खेलाडीले कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले आफ्नो टोलीलाई तेस्रो स्थान दिलाउन सफल भएका थिए। मोड्रिचले साउदी क्लबको गरेको प्रस्ताव अस्वीकार गर्दै कम्तीमा एक सिजन रियलबाटै खेल्ने स्पष्ट पारेका छन्। साउदी क्लबबाट मात्र नभई अमेरिकाको क्लबबाट पनि ३७ वर्षीय यी मिडफिल्डरलाई लाखौं डलरको प्रस्ताव आएको समाचारमा उल्लेख छ। 

यसअघि मोड्रिच रियलमै रहने वा नरहने भन्ने आशंका पनि थियो। यस्तोमा आफ्नो क्लबमा मोड्रिचलाई ल्याउन सकिन्छ कि भन्ने अनुमानका साथ मोड्रिचलाई दुई कम्पनीले प्रस्ताव गरेका थिए। जसमध्ये एउटा क्लबमा रियलमा पहिला सँगै खेलेका उत्कृष्ट खेलाडी पनि भएकाले उनले स्वीकार्ने सम्भावना पनि थियो। यद्यपि मोड्रिचले दुवै क्लबलाई ‘सन् २०२४ मा कुरा गरौंला’ भन्दै प्रस्ताव अस्वीकार गरिदिएका हुन्। 

मोड्रिच पछिल्लो एक दशकयता ला लिगा खेलिरहेका छन्। उनले यो क्रममा उत्कृष्ट प्रदर्शन पनि गरेका छन्। रियलमा रहँदा उनले आफूले चाहेको सबैजसो उपाधि पाइसकेका छन्। उनले रियलमा आफूले सबैबाट माया र सम्मान पाएको उल्लेख गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .