ad ad

खेल


आरिफ शेख र शरद भेषावकरले भने– सन्दीपलाई न्याय होस्

आरिफ शेख र शरद भेषावकरले भने– सन्दीपलाई न्याय होस्

नेपालखबर
पुस २०, २०७९ बुधबार १०:४७, काठमाडौँ

नेपाली राष्ट्रिय टोलीका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कारको आरोपमा थुनामा रहेका पूर्वकप्तान सन्दीप लामिछानेले न्याय पाउनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनहरुले सन्दीपको न्यायको पक्षमा आवाज उठाउनुपर्ने बताएका हुन्। 

बुधबार बिहान सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०२२ मा लामिछाने सबैभन्दा धेरै विकेट लिने दोस्रो खेलाडी बनेको पोस्ट शेयर गर्दै भेषावकरले ह्यासट्यागमा जस्टिस फर लामिछानेको प्रयोग गरेका छन्। 

त्यस्तै आरिफ शेखले पनिसोही ह्यासट्याग प्रयोग गर्दै मरेको मानिसले आफ्नो न्यायको लागि आवाज उठाउन नसक्ने भएकाले जिउँदो मानिसले उनीहरुको लागि बोल्नु दायित्व भएको बताएका छन्।

उनले जतिसक्दो छिटो सन्दीपले न्याय पाएर उनी देशको शान बनून भन्ने कामनासमेत गरेका छन्। 

लामिछानेले नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको सिनामंगलस्थित एक होटलमा लगेर दुईपटक बलात्कार गरेको आरोप छ।  गत भदौ २१ गते उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।  

सोही आरोपमा नेपाल आएलगत्तै पक्राउ परेका उनलाई अदालतले यो मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। सोही आदेश अनुसार उनी कारागारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .